कास्य पदक स्वर्ण पदक जस्तै हो, मात्रै दुईजना बढ्ता जान्ने भएर निस्के: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागमा नेपालका खेलाडीले उल्लेख्य प्रगति गरेको भन्दै प्रशंसा गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ रकमको घोषणा गर्दै आगामी दिनमा पनि अझ बढी पदक ल्याउने प्रयासमा लाग्न सुझाव दिए।

‘पहिला हामीसँग ५० वटा खेल खेल्ने हैसियत पनि थिएन। उनले भने अहिले ५१ वटा त स्वर्ण पदक नै जितेका छौ।’ प्रधानमन्त्री ओलीले यो प्रगतिलाई असाधारण प्रगति भन्दै यसमा सवै खुसी हुनुपर्ने र सिंगो देश नै खुसी रहेको पनि बताए।

‘गौरिका एक्लैले चारवटा स्वर्ण जितेर नेपालको गौरव बढाएकी छन्। आधा आकासले पनि हरेक काम गर्न सक्छ भन्ने उनले प्रमाणित गरेकी छन्।’ उनले भने, 'मण्डेकाजी श्रेष्ठ, सुवास तामाङ, आयसा शाक्यलाई पनि डबल स्वर्णपदक प्राप्त गरेको भन्दै प्रधानमन्त्रीले कठिनाइसँग जुध्न सक्ने खेलाडीको प्रशंसा गर्न चाहेको पनि बताए ।

‘अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ। रजतमा चित्त बुझाउनुपर्छ। तर रजत केही उत्कृष्ट विना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै हो। रजत पदक प्राप्त गर्नेलाई बधाई। कास्य पदक स्वर्ण पदक जस्तै हो। मात्रै दुईजना बढ्ता जान्ने भएर निस्के ती दुईवटालाई हराइदिन पाएको भए हुन्थ्यो। अर्को पटक दुईवटालाई मौका दिने छैनौं।' उनले भने।

प्रधानमन्त्रीले अर्को पटक पनि यस्ता प्रतियोगिताका उद्घाटन र समापन समारोह उत्सव छोटा बनाउन सुझाव पनि दिए। अन्तिममा पुरस्कार घोषणा गर्दै भने, अबदेखि कास्य पदक विजेता खेलाडीलाई तीन लाख माथिको पुरस्कार दिइन्छ।’

प्रकाशित मिति: : 2019-12-11 17:25:28

प्रतिकृया दिनुहोस्