सरकार रकेटको स्पीडमा उड्ने प्रधानमन्त्रीको दाबी छ, फागुनसम्म कुरौं न : लालबाबु पण्डित [भिडियो अन्तवार्ता]

सुशील पन्त

काठमाडाैं

लालबाबु पण्डित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद एवं पूर्व मन्त्री हुन् । २०७० सालमा पहिलो पटक मन्त्री बनेको समयमा डीभी, पीआर लिएका कर्मचारी सरकारी सेवामा अयोग्य हुने कानून बनाएर लालबाबु चर्चामा रहेका थिए । 

२०७४ सालमा गठन भएको केपी शर्मा ओली सरकारको पहिलो मन्त्रिपरिषद्मा अटाएका लालबाबु पण्डित २०७६ मंसिर ४ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा बाहिरिए ।
‍संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका उनले कर्मचारी समयोेजनको काम समयमै पूरा गरेका थिए ।

लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै पूर्व मन्त्री पण्डितले कामको शिलशिलामा कर्मचारीले नेताको फोन लगाएर धम्की दिने गरेको खुलासा गरेका छन् । ‘एक जना होइन, सय र हजारको संख्यामा धम्की आएको थियो,’ पण्डितले लोकान्तरसँग भने ।  

गाडीको गतिमा हिँडिरहेको सरकार अब रकेटको गतिमा उडेर काम गर्नका लागि मन्त्रिपरिषद् हेरफेर गर्नुपरेको प्रधामनन्त्री ओलीको भनाइ रहेकाले रकेटको स्पीडमा काम भएको हेर्न फागुनसम्म धैर्यता गर्न लालबाबुले आग्रह गरे । 
‘कार्यसम्पादन मूल्यांकनमा फेल भएकाहरू मन्त्री छन्, उच्च अंक ल्याउनेहरू मन्त्रीबाट बाहिरिनुपर्‍यो,’ पूर्व मन्त्री पण्डित भन्छन्, ‘फागुनपछि सरकार सुपर रकेट हो कि महारकेटमा उड्ने होला !’
 

प्रकाशित मिति: : 2019-12-24 11:40:03

प्रतिकृया दिनुहोस्