‘सरकार, अब नारायणहिटीमा होटल चलाउन देऊ !’

अनलाइनखबर

काठमाडौं

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपालको ट्रष्टको सम्पत्ति हिनामिनामा प्रधानमन्त्रीकै प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदै गएको बताएका छन् । गोकर्ण रिसोर्ट भएको जग्गा भाडामा दिने सम्झौता ६ वर्ष बाँकी रहँदा नै म्याद थप्नु तथा दबारमार्गमा रहेको जग्गा कौडीको भाउमा एउटा व्यापारिक समूहलाई दिँदा नीतिगत भ्रष्टाचार भएको उनको दाबी छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अधिकारीले नेपाल ट्रष्टसम्बन्धी संशोधन विधेयक नै बदनियतका साथ ल्याएको सम्झिए ।

त्यसबेला आफूहरुले गरेको आशंका अहिले पुष्टि भएको तर्क गर्दै उनले भने, ‘भ्रष्टाचार म गर्दिन, गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइको जग हसाइ भएको छ ।’

नारायणहिटी राजदरबारको विदेशी सत्कार कक्षमा रेष्टुँरा खोल्न व्यवसायिक प्रतिष्ठानलाई दिलाउन कसरत भइरहेको भन्दै उनले भने, ‘किन रेष्टुँरा मात्र खोल्ने ? सिंगै नारायणहिटी दरबारलाई आलिसान होटलमा परिणत गर्न लिजमा दिए भइहाल्यो नि ।’

प्रकाशित मिति: : 2019-12-24 11:43:42

प्रतिकृया दिनुहोस्