नेकपा र समाजवादीबीच ‘खटपट’

काठमाडौं

संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।

सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार र नेकपाले समाजवादीलाई वास्ता गर्न छोडे पनि समाजवादीले सरकार नछोड्ने जनाएको छ ।

समाजवादीका एक नेताले संविधान संशोधनको सर्तसहित सरकारमा सहभागी भएकाले संशोधनको काम पूरा गराउन सरकारमा बसिराख्ने बताए । पार्टीले अहिले सरकार छोड्ने निर्णय नगरेकाले सरकारमै बसेर संघर्ष गरिराख्ने समाजवादी पार्टीको रणनीति रहेको छ ।

गत ३ असोजमा सरकारले संविधान दिवस भव्य रूपमा मनाउँदै गर्दा सत्ता साझेदार समाजवादीले बहिष्कार ग¥यो । संविधान दिवस मनाउँन छोडेर उपप्रधान तथा कानुनमन्त्री रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा गएका थिए ।

प्रकाशित मिति: : 2019-12-24 20:20:51

प्रतिकृया दिनुहोस्