'एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ'

अर्थविद् तथा पूर्वराजदूतहरुले अमेरिकी सहयोग एमसीसीबारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने स्पष्ट पारेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द प्रसाद पोखरेल, अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्मा, श्रीलंकाका लागि पूर्वराजदुत प्रा.डा. विश्वम्भर प्याकुरेल, अर्थविद् डा. डील्लीराज खनालले एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका हुन्। 

कार्यक्रममा प्रा.डा. गोविन्दराज पोखरेलले एमसीसीबारे धेरै विवाद गर्न नहुने धारणा राखे। उनले ५० करोड डलर बराबरको उक्त एमसीसी कम्प्याक्ट नेपालकै हितमा रहेको पनि दाबी गरे। एमसीसी परियोजनाका प्राथमिक कार्यक्रममा ईनर्जी र पूर्वाधार विकास भएकोले नेपालमा ईनर्जी ब्यांकिङको लागि पनि यसले ठूलो भूमिका खेल्ने पोखरेलले विश्वास व्यक्त गरे।

कार्यक्रममा अमेरिकाका लागि पूर्व नेपाली राजदुत तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले एमसीसीसँग कुनै पनि राजनीतिक सम्बन्ध नरहेको बताउँदै अमेरिकाले ल्याटिक अमेरिका र एफ्रिकन मुलकुसँगपनि सम्झौता गरेको बताए। 

श्रीलंकाका लागि पूर्व नेपाली राजदुत प्रा.डा. विश्वम्भर प्याकुरेलले यस्तो परियोजना संसदबाटै अनुमोदन गर्नुपर्छ भनेर नेपालको संविधानले पनि कुनै व्यवस्था नगरेकोले मन्त्रिपरिषदबाटै अनुमोदन गर्दापनि हुने धारणा राखे। अर्थविद् डा. डिल्लीराज खनालले नेपालले सम्झौता गरिसकेकोले यसलाई विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिए।

प्रकाशित मिति: : 2019-12-25 06:47:29

प्रतिकृया दिनुहोस्