मुम्बई आउदा 'मुम्बई टु नेपाल' चल्ने यातायात समितिको म्यानेजर बनेका सुनिल भाटको अर्को परिचय समेत थपिएको छ। पाँच वर्षअघि मुम्बई आएका सुनिल यतिबेला म्युजिक भिडियोबाट एकाएक चर्चामा छन्। कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका घर भएका उनी अहिले यातायात समिति र म्युजिक भिडियोका कामहरुमा व्यस्त छन्।
सपनीमा आउने मायालु सुनिलको पछिल्लो युट्युबमा सार्वजनिक भएको म्युजिक भिडियो हो। सुनिल र आलिशा शर्माले अभिनय गरेको भिडियो युट्युबमा रिलिज भएसँगै राम्रो चर्चा बटुलिरहेको छ । दर्शकले भिडियोलाई निकै रुचाएका छन् ।
भिडियोमा आफ्नो तर्फबाट शतप्रतिशत कला देखाएको सुनिलले बताए। युट्युबमा भिडियो सार्वजनिक भएपछि दर्शक–श्रोताको राम्रो प्रतिकृया आएको छ। भिडियो हेरेपछि दर्शक–श्रोताहरुको माया र सकारात्मक प्रतिकृयाले आफुलाई थप हौसला मिलेको उनले बताए। बालापनदेखि नै भिडियोहरुमा देखिने केहीँ रहरहरु पुरा भएकोमा सुनिलले खुसि व्यक्त गरे।
सुनिलको सम्झनमा मुम्बई बस्दा साथीहरु खुबै तारिफ गर्थे। उनीहरु त्यसबेला भन्थे तँ हिरो बन्नु पर्छ। तेरो ज्यान हिरोको जस्तै छ। साथीहरुको कुराले कहिँलेकाहीँ सुनिललाई हुटहुटी चल्थ्यो। कतिबेला त जिस्काए जस्तो पनि लाग्थ्यो– उनले भने।
सुनिललाई एक वर्षअघि निर्देशक सियोन श्रेष्ठले टाला टुली बटुली गीतमा अभिनय गर्ने अवसर दिएका थिए। पहिलो भिडियोको सुटिङभन्दा सपनीमा आउने मायालुमा अभिनय गर्दा निकै सजिलो महसुस भएको उनले बताए। भिडियोका निर्देशक सियोन श्रेष्ठसँग काम गर्दा धेरै सरल भएको सुनिलले बताउँछन्।
रबिमानसिंह बस्नेतको शब्दमा रहेको, गीतमा युवा गायक प्रताप दासले स्वर दिएका छन्। यो गीतमा टिका बमजनको संगीत छ। मनोज सिग्देल मनोरन्जनको प्रस्तुति मार्फत बजारमा आएको सपनीमा आउने मायालुमा फणिन्द्र राईले एरेन्ज गरेका छन् भने छायाकंन राहुल राईको हो। भिडियो नगरकोट, गौशाला, बागबजारमा खिचिएको छ।
व्यवसायिक सफलतासँगै पछिल्लो समय म्युजिक भिडियोहरुमा बिभिन्न अफरहरु आएको सुनिल बताउँछन्। आफुलाई भिडियो खेल्न सहयोग गर्ने महाकाली–सेती टुर एण्ड ट्रावल्स पुना, मुम्बई, सुरत र कैलालीमा कार्यरत सञ्चालक तथा कर्माचारीहरुप्रति आभार प्रकट गरे। सुटिङको समयमा महत्वपूर्ण सहयोग गर्ने कृष्ण काले, पवन श्रेष्ठ, सिद्धार्थ शाह, सभ्यता सन्ज्याललाई सुनिलले धन्यवाद समेत दिएका छन्।