इन्डो–प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक छैन: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक नहुने तर्क गरेका छन्। 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौताबारे बुधबार संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्ञवालीले इन्डो प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक नहुने भन्दै यी विषयमा नचाहिँदो हल्ला गरिएको टिप्पणी गरे। 

इन्डो–प्यासिफिक र एमसीसी छुट्टै बिषय भएको भन्दै उनले नेपाल कुनै सैन्य गठबन्धनमा आबद्ध नहुने जिकिर गरे। उनले सम्झौतामा मन्त्रीले गरेको हस्ताक्षरमा विश्वास नगरी बाहिरी हल्लामा लाग्नु बेकार रहेको तर्क गरे। सरकारले कार्यान्वयनको निर्णय गरिसकेको भन्दै अरुले के भन्छन् भन्नेमा अर्थ नरहने मन्त्री ज्ञवालीको भनाइ थियो। 

उनले नेपालको नीति भनेको सैनिक गठबन्धनमा नजाने र अर्धसैन्य गठबन्धन गर्ने रहेको प्रस्ट् पारेका थिए।  विद्युत् क्रस बोर्डर प्रसारण लाइन बनाउनु पर्ने भएकाले त्यो सन्धिमा भारतको कुरा आएको भन्दै मन्त्री ज्ञवालीले बंगलादेशसँग पनि कुरा भइरहेकोले अन्यथा नलिनु आग्रह गरे। 

बैठकमा समिति सदस्यहरुले इन्डो–प्यासिफिक र एमसीसीमा बारेमा चासो व्यक्त गर्दै यस बारेमा सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए। 

प्रकाशित मिति: : 2019-12-26 04:53:52

प्रतिकृया दिनुहोस्