महन्थ र राजेन्द्र कुरिरहे, हात्तीवनबाट निस्केका उपेन्द्र फर्केर आएनन्

राजपा-समाजवादी एकीकरण प्रयास

ललितपुर हात्तीवनस्थित एक अपार्टमेन्टमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बस्छन्। ठाकुर सानोठिमीबाट हात्तीवन सरेको ४–५ महिना मात्रै भएको छ।

ठाकुरले आफ्नो निवासमा कात्तिक २६ गते विशेष भेला गरेका थिए। उनले आफ्ना पार्टीका अर्का अध्यक्ष राजेन्द्र महतो र महासचिव केशव झालाई राखेर एउटा विशेष निर्णय गर्ने तयारीमा थिए, त्यसका लागि ठाकुरले समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, केन्द्रीय समित अध्यक्षसमेत रहेका तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र महासचिव रामसहाय यादवलाई पनि बोलाएका थिए।

प्रकाशित मिति: : 2019-12-26 07:36:29

प्रतिकृया दिनुहोस्