भारतकी प्रसिद्ध गायिका आशा भोस्ले काठमाडौंमा

भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आएकी छन्। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा उनी बुधबार दिउँसो काठमाडौं आएकी हुन्।

उनले सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। 

उक्त कार्यक्रम आगामी शनिबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुँदै। कार्यक्रमका लागि संगीतकार गजमेर काठमाडौं आइसकेका छन्। उक्त सांगीतिक कार्यक्रममा ३२ संगीतकर्मी र ३७ गायक गायिका सहभागी हुनेछन्।  

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन्। ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ। 

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गएकी छिन्। 

 

प्रकाशित मिति: : 2019-12-26 10:59:40

प्रतिकृया दिनुहोस्