दबंग–३ सलमानको एक सय करोड क्लबमा प्रवेश गर्ने १५ औं फिल्म

फिल्मले रिलिज भएको पाँचौ दिन १ सय ३ करोडको आम्दानी गरेको थियो।

सलमान खानको दबंग–३ बक्स अफिसमा एक सय करोड भन्दा बढी रकम आम्दानी गर्ने १५ औं फिल्मको सूचिमा प्रवेश गरेको छ। फिल्मले रिलिज भएको पाँचौ दिन १ सय ३ करोडको आम्दानी गरेको थियो।

फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा,किच्चा सुदीप, सई मान्ज्रेकरको मुख्य भूमिका छ। गत शुक्रबार रिलिज भएको दबंग–३ फिल्मले पहिलेको फिल्मको तुलनामा फितलो सुरुवात गरेको थियो।

भारतमा जारी नागरिकता संसोधन विधेयकको विरोधका कारण फिल्म प्रभावित भएको बताइएको छ।

यसअघि ‘दबंग’को कमाई १४१ करोड थियो। यस्तै, ‘रेडी’को कमाई १२० करोड थियो भने बडिगार्डको कमाई १४४ करोड थियो।

‘एक था टाइगर’ १८६ करोड, ‘दबंग २’ १४९ करोड, ‘जय हो’ १०९ करोड, ‘किक’ २११ करोड, ‘बजरंगी भाइजान’ ३१५ करोड, ‘प्रेम रतन धन पायो’ १९४ करोड, ‘सुल्तान’ ३ सय करोड, ‘ट्यूबलाइट’ ११४ करोड, ‘टाइगर जिन्दा हे’ ३३९ करोड, ‘रेस ३’ १६६ करोड, ‘भारत’ १९७ करोड कमाउन सफल भएका थिए।

 

प्रकाशित मिति: : 2019-12-27 02:03:12

प्रतिकृया दिनुहोस्