जिग्री र पाँडेले दिए धुर्मुस–सुन्तली फाउण्डेसनलाई ८० हजार नगद

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले नगद सहयोग गरेका छन्।

दुबै कलाकारले एपी वान टेलिभिजनबाट प्रसारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनबाट खेल खेलेर जितेको रु ८० हजार सहयोग  फाउण्डेशनलाई प्रदान गरेका हुन्। 

दुबै कलाकारले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै करोडपतिबाट जितेको रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गराएको जानकारी दिए।

उनीहरुले स्टाटस् लेखेका छन् ‘ जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले एपि वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौं। राष्ट्र निर्माण, तपाई हाम्रो अभियान। ’ 

प्रकाशित मिति: : 2019-12-27 03:31:58

प्रतिकृया दिनुहोस्