कलाकार कुशल पञ्जाबीले आत्महत्या गरेकाे आशंका

कुशल सिन्धी परिवारका हुन्। उनले नोभेम्बर २०१५ मा युरोपेली प्रेमिका डोल्हेनसँग विवाह गरेकी थिए।

टिभी अभिनेता कुशल पञ्जाबीको ३७ वर्षको उमेरमा निधन भएको छ। बिहीबार राती मुम्बईस्थित उनको घरमा पंखामा झुन्डिएको अवस्थामा उनको लाश फेला परेको हो।

प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार उनले आत्महत्या गरेका हुन्। लाश नजिकै आत्महत्या सम्बन्धि पत्र पनि प्राप्त भएको बताइएको छ। शुक्रबार दिउँसो अन्तिम संस्कार गरिँदै छ। बान्द्रा प्रहरीले २६ डिसेम्बर राती ११ बजेर १० मिनेटमा कुशल पञ्जाबीको लाश अलसिद बिल्डिङको फ्लाट नम्बर ३१ बाट बरामद गरेकाे थियाे। उनको शरीर नाइलनको डोरीमा पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो। 

कुशलका साथी करणवीरले इन्स्टाग्राममा उनको निधनको जानकारी दिँदै भने–‘यसरी मृत्युवरण गर्दा मलाई गहिरो दुःख लागेको छ। मलाई अझैं पनि विश्वास भइरहेको छैन, तिमीले संसार छोड्यौं भनेर।’

कुशल सिन्धी परिवारका हुन्। उनले नोभेम्बर २०१५ मा युरोपेली प्रेमिका डोल्हेनसँग विवाह गरेकी थिए। गोवामा नजिकका व्यक्तिको समुपस्थितिमा उनले विवाह गरेका थिए। उनको तीन वर्षीय एउटा छोरा छन्। 

कुशलले मोडलिङबाट करिअरको सुरुवात गरेका हुन्। उनले पञ्जाबी रियालिटी सो ‘जोर का झट्का, टोटल वाइपआउट’ को उपाधि पनि जितेका थिए। यस बापत उनले ५० लाख धनराशी प्राप्त गरेका थिए। उनले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका छन्। उनले सिरियल ‘इश्क मे मरजावा’ मा मुख्य भूमिका निर्वाह गरेका थिए। 
 

प्रकाशित मिति: : 2019-12-28 01:21:41

प्रतिकृया दिनुहोस्