‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
आगामी वैशाख १५ मा हुने इलाम- २ काे उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदरवारकाे नाम टुंग्याएकाे छ।
एमालेले साे निर्वाचन क्षेत्रमा पार्टीका तत्कालीन उपाध्यक्षसमेत रहेका स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङका कान्छा छाेरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ।
उक्त उपनिर्वाचनका लागि नेपाली काँग्रेसले तयारी गरिरहेकाे छ। एमालेसहितकाे सत्ता गठबन्धबाट सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा (माओवादी केन्द्र)मा भने उपनिर्वाचनकाे कुनै राैनक नै छैन। माओवादी एमालेका उम्मेदवारलाई सघाउने मनस्थितिमा देखिन्छ।
अन्य साना दलहरु पनि उपनिर्वचनका लागि उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा छन्।
अन्य दलहरुले विशेषगरी पार्टी अध्यक्षकाे एकल निर्णय तथा पार्टीकाे बैठकबाट उम्मेदवारकाे नाम टुंग्याउँदै गर्दा चाैथाे ठुलाे दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक प्रतिस्पर्धाका आधारमा उम्मेदवारकाे टुंगाे लगाउँदैछ।
रास्वपाले त्यसका लागि आवेदन खुल्ला गरेकाे छ। चैत १४ गतेसम्म उम्मेदवारका लागि आवेदन दिन पाइनेछ।
१४ गतेसम्म आवदेन लिने र १७ गते उम्मेदवारकाे नाम टुंगाे लगाउने पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकाेटीले बिएल नेपाली सेवालाई जानकारी दिए। इलाम- २ काे उम्मेदवार बन्नका लागि याे समाचार तयार पार्दासम्म तीन जनाले आवदेन दिएकाे बुर्लाकाेटीले बताए। ‘उहाँहरु तीनै जना इलामकै हुनुहुन्छ, राजधानी वा बाहिरबाट कसैकाे आवेदन परेकाे छैन’, उनले भने।
सत्ता गठबन्धमा सामेल रहेपनि रास्वपाले उपनिर्वाचनमा आफ्नै उम्मेवार खडा गर्ने निर्णय गरेकाे हाे।
सत्ता गठबन्धनकाे अर्काे दल एमालेले रास्वपालाई सकेसम्म सहयाेगकाे लागि आव्हान गर्ने, नभए मित्रवत् प्रतिस्पर्धा गर्ने बताएकाे छ।
गत वर्षकाे मंसिरमा भएकाे निर्वाचनमा विजयी एमाले उपाध्यक्ष नेम्वाङकाे निधनपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेकाे हाे।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया