बलिउडका सफल नायक सलमान खान आजबाट ५४ बर्षमा प्रवेश गरेका छन्। सलमान आफ्नो ५४ औं जन्मदिन भाइ सोहेल खानको घरमा मनाएका छन्। जुन मुम्बईको पाली हिल इलाकामा रहेको छ।
सलमानको जन्मदिनमा शाहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा, वरुण धवन, सई मांजरेकर, कबिर खान र ज्याकलिन फर्नान्डिज पुगेका थिए। उनले जन्मदिनको केक आफ्नो बहिनी अर्पिताका छोरा आहिलको साथमा काटेका थिए।
सलमानको बहिनी अर्पितासँग राम्रो सम्बन्ध रहेको छ। उनी अरु दाजुभाइसँग भन्दापनि अर्पितासँग नजिक रहेका छन्। त्यसैले अर्पिता पनि सलमानको जन्मदिन बिशेष पार्न चाहन्छिन्।