पोखरा प्रिमियर लीगः उपाधिका लागि चितवन र विराटनगर भिड्दै

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै छन्।

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै छन्।

पोखरा मैदानमा बिहान साढे ११ बजे हुने प्रतियोगितामा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन्। चितवन गत संस्करणमा पोखरा पल्टनसँग पराजित भएपछि उपाधि जित्न असफल भएको थियो भने विराटनगर पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

चितवन जारी प्रतियोगितामा अपराजित रहँदै सिधै फाइनल प्रवेश गर्दा विराटनगर भने एलिमिनेटर राउण्डमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पोखरामा चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरीले प्रि म्याच कन्फ्रेन्समा कुरा गर्दै लक्ष्य उपाधि जित्ने नै रहेको बताएका छन् ।

चितवनका कप्तान पारसले अहिलेसम्म राम्रो प्रर्दशन हुँदै आएको र अब एक पटक च्याम्पियन बनाउनका लागि शनिबार पनि टिमबाट आफू खेलाडीबाट त्यस्तै प्रदर्शनको अपेक्षा रहेको बताए । यता, पहिलो पटक कप्तानी गरेका विराटनरका प्रदीप ऐरीले आफू फाइनलका लागि उत्साहित रहेको बताएका छन् । 

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका पारस खड्कासहित यूएईका पूर्वकप्तान रोहन मुस्तफा, हङकङका पूर्वकप्तान बाबर हायात, भारतीय खेलाडी सन्नी पटेल, करण केसी तथा भुवन कार्की जस्ता हेवीवेट खेलाडीले भरिएको चितवन राइनोज उपाधिका लागि बलियो दाबेदारसमे हो।

अर्कातिर युवा खेलाडीहरुले भरिएको  र प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको विराटनगर टाइटन्स  शनिबार पोखरा प्रिमियर लिगको फाइनलमा चितवन राइनोजको सामना गर्दैछ। लिग चरणमा चितवनसँग १८ रनको हारेको विराटनगरलाई हराउन चितवनलाई त्यति सहज हुनेछैन।
पहिलोपटक फ्रेन्चाइजी क्रिकेट टोलीको कप्तानी गर्दै टोलीलाई फाइनलसम्म पुर्याएका विराटनगरका कप्तान प्रदीप ऐरीले आफूहरुले पाएको लयलाई फाइनलमा पनि कायम राख्ने बताए। विराटनगरले लिगचरणको अन्तिम खेलमा र इलिमिनेटरमा बुटवल ब्लास्टरमाथि सनसनीपूर्ण जित हात पार्दै फाइनलमा स्थान बनाएको हो।

‘हामी आफ्नो लय कायम राख्ने प्रयासमा हुनेछौं। जसले राम्रो खेल्छ र कम गल्ती गर्छ। उसैले जित हात पार्ने हो। हामी आफूहरु पनि कमभन्दा कम मिस्टेक गर्नेछौं,’ प्रदीपले भने।
 

प्रकाशित मिति: : 2019-12-28 07:47:59

प्रतिकृया दिनुहोस्