भारतीय चर्चित गायिका आशा भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छिन्।
भोस्लेले शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा पुगी भेटघाट गरेकी हुन्।
शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उनी बुधबार नेपाल आएकी हुन्। साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आएकी हुन्।
राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए।
शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउनेछिन्। उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन्।
केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि यसअघि नेपाल आएका थिए।