बीबीएल: लामिछाने प्लेईङ सेटमा

मेलबर्न स्टार्सले बिगबास लिग (बीबीएल) क्रिकेटको चौथो खेलमा अहिले होबर्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्दैछ।

हुरिकेन्सविरुद्ध मेलबर्नले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

हुरिकेन्सविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने प्लेईङ सेटमा परेका छन्। सन्दीप लगातार चौंथो खेलमा प्लेईङ सेटमा परेका हुन्।

बीबीएलमा यस सिजन सन्दीप ३ खेलमा ३ विकेट लिएका छन्।  

तीन खेलमा दुई जित र एक हार ब्यहोरेको मेलबर्न ४ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ।

समान खेलमा समान अंक भएपनि हुरिकेन्स नेटरनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ।


 

प्रकाशित मिति: : 2019-12-31 02:38:36

प्रतिकृया दिनुहोस्