एउटै कार्यालयका कर्मचारीबीच सहमतिमा हुने यौनसम्बन्ध अपराध मानिने

नेपालन्यूज

काठमाडौं

एउटै कार्यालयका कर्मचारीबीच सहमतिमा हुने यौनसम्बन्धलाई सर्वोच्च अदालतले अपराध ठहर गरेको छ। यस्तो यौनसम्बन्धमा पदीय प्रभाव रहने भन्दै सर्वोच्चले यसलाई ‘जबर्जस्ती करणी’ रूपमा व्याख्या गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरूषोत्तम भण्डारी र सपना प्रधान मल्लको संयुक्त इजलालसले एउटै कार्यालयका कर्मचारीबीच सहमतिमा हुने यौनसम्बन्धलाई अपराध ठहर गरेको हो। सर्वोच्चको यही ठहरपछि नेपाली सेनाको चण्डीदल गढका सहसेनानी (क्याप्टेन) भूपेन्द्र खड्काले जागिर गुमाएका छन्।

प्रकाशित मिति: : 2019-12-31 21:02:26

प्रतिकृया दिनुहोस्