निर्मला पन्तको हत्यारालाई सरकारले त्यसै छाड्दैन्: मन्त्री बास्कोटा

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले निर्मला पन्तकाे हत्यारालाई सरकारले त्यसै नछाड्ने बताएका छन्।  

कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका पन्तकाे हत्यारालाई कारबाहीको दायरामा ल्याएरै छाड्ने बताएका हुन्।

'विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।' उनले भने 'घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्छाैं।'

फरक प्रसंगमा मन्त्री बास्कोटाले कालापानी, लिपुलेक मात्रै नभई लिम्पियाधुरा पनि नेपालकै भूमि भएको बताए। उनले भारतले कालापानी लिपुलेकमा दाबी गरे पनि लिम्पियाधुरासम्म नेपालकै भएको बताए।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरूले ब्रिटिसकालीन सन्दर्भ सामग्रीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए।
 

प्रकाशित मिति: : 2020-01-01 01:15:02

प्रतिकृया दिनुहोस्