सोह्रखुट्टे ओरालोमा ट्यांकरको ब्रेक फेल,आधा दर्जन सवारी साधनमा क्षति

सोह्रखुट्टे ओरालोमा ट्यांकरको ब्रेक फेल हुँदा आधा दर्जन सवारी साधनमा क्षति पुगेको छ। मंगलबार बिहान करिब ९ बजे ओरालो झर्दै गरेको बा ३ ख ९४५० नम्बरको पानी ट्यांकरको ब्रेक फेल भइ अनियिन्त्रित हुँदा दुर्घटना भएको हो।

ट्यांकरले बस, कार, मोटरसाइकल लगायत ५/६ वटा सवारी साधनलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ। वृत्तका अनुसार मानवीय क्षति भएको छैन। ट्यांकर चालक फरार छन्।

घटनापछि त्यस क्षेत्रको सवारी आवगमन केहीबेर अवरुद्ध भएको थियो।

प्रकाशित मिति: : 2020-01-01 02:45:54

प्रतिकृया दिनुहोस्