आइपीएल–२०२०: उद्घाटन खेल २९ मार्चमा

इण्डियन प्रिमियर लिग आइपीएल–२०२० को उद्घाटन २९ मार्चमा मुम्बईको वांखडे स्टेडियममा हुने भएको छ।

साविक च्याम्पियन मुम्बई इण्डियन्स टिमले घरेलु मैदानमा खेल्दै आइपीएलको सुरुवात गर्नेछ।  आईपीएलको उद्घाटन मार्च २९ तारिखमा भए पनि खेल भने अप्रिल १ तारिखदेखि सुरु हुनेछ।

आइपीएलको सुरुवातका केही खेलमा अस्ट्रेलिया, इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीहरु खेल्ने छैनन्। त्यतिबेला अस्ट्रेलिया र न्यूजिल्याण्डकाबीच टी–२० सिरिज चल्नेछन् भने इंग्ल्याण्ड र श्रीलंकाबीचमा टेस्ट सिरिज हुनेछ। 

प्रकाशित मिति: : 2020-01-01 04:12:46

प्रतिकृया दिनुहोस्