सभामुख चयनको किचलाे: फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक

सत्तारुढ नेकपामा सभामुख चयनको विषयमा सहमति जुट्न नसक्दाँ बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक आगामी पुष २७ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो।

यसअघि शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाकाे बैठक पुष १६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएकाे थियाे।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकै कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनले राजीनामा दिएका थिए। संसदको हिउँदे अधिवेशन यही पुस छ गतेबाट सुरु भएको हो। 

रिक्त समामुख पदमा पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षको दाबी रहेका कारण नेकपामा सहमति हुन सकेको छैन। उपसमुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गरिरहेकी छिन्। 

प्रकाशित मिति: : 2020-01-01 04:38:13

प्रतिकृया दिनुहोस्