प्रदेश २ का सांसद सञ्‍जय यादवको 'आतङ्‍क', नगरपालिका अधिकृतलाई ज्यान मार्ने धम्की

रोहित महतो

जनकपुरधाम

‘मेरो कुरा नमान्ने अधिकृतको नाकको हड्डी भाँचेको छु। सिडिओको दाँत भाँचेको छु, एसपीलाई पनि छाडेको छैन,’ समाजवादी पार्टीबाट प्रदेश २ काे प्रदेशसभा सांसद बनेका सञ्‍जय यादवले नगरपालिका कर्मचारीलाई दिएको धम्की हो यो।

सांसद यादवले सर्लाही, कविलासी नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार महतोलाई यस्तो धम्की दिएका हुन्। यसअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवलाई यादवले हात भाँचिने गरी कुटपिट गरेका थिए। नगरपालिकामा हाजिर हुन आउनसाथ सबै प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की दिँदै आएको खुलेको छ। सांसद यादवले आफ्नो पक्षमा काम नगर्ने कर्मचारीलाई ज्यानै मार्नेसम्मका धम्की दिँदै आएका छन्।

प्रकाशित मिति: : 2020-01-01 12:18:13

प्रतिकृया दिनुहोस्