फिल्म ‘प्रेमगीत–३’ निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ।
केही अगाडि फिल्मका कलाकार प्रदिप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ र मनिष राउतको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको यो निर्माण युनिटले अहिले भने रातेकाइला अर्थात कलाकार सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा सुनिल बक्खुमा छन्। हिमपातको सामना गरिरहेका उनी एउटा पोस्टरमा पदयात्रामा रहेको देखिन्छ भने अर्को पोस्टरमा ढोल बजाइरहेका छन्। जाडोमा यो गेटअपमा उनी निकै सुहाएका छन्।
आगामी चैत २८ गते रिलिज हुने फिल्मको निर्माता तथा निर्देशक सन्तोष सेन छन्। त्यस्तै शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिष्टिना गुरुङ, माओत्से गुरुङ, मनिष राउत, अनुभव रेग्मी, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्री, समृद्धि शाही ठकुरी, क्रिजन गौतमलगायत कलाकारको फिल्ममा अभिनय छ।
करिब डेढ सय वर्ष पुरानो प्रेमकथामा फिल्म बन्न लागेको निर्माता सेनले बताउँदै आएका छन्।