काेराेना अपडेट

थप २ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

File Photo
File Photo

देशभर पछिल्लो २४ घण्टामा थप २३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा नौ हजार १७८ को पिसीआर परीक्षण गरिएको थियो।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ९०८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७७० पुगेको छ। पछिल्लो समय थप ३०७ जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या आठ लाख ६ हजार ५४४ पुगेको छ। निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट एकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५३ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय दुई लाख ६६ हजार ९८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८३ छ। हाल होम आइसोलेशनमा पाँच हजार ६०६, संस्थागत आइसोलेशनमा २७७, सघन उपचार कक्षमा ११२ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ। 
 

प्रकाशित मिति: : 2021-12-11 17:02:00

प्रतिकृया दिनुहोस्