ओली र प्रचण्डले भने: प्रदेश ३ को राजधानी हेटौडाबाट दायाँबायाँ नहाेस्

प्रदेश ३ को राजधानी मकवानपुरको हेटौडा राख्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले निर्देशन दिएका छन्। 

बिहिबार बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले प्रदेश तीनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षलगायतका नेताहरुलाई बालुवाटार बोलाएर प्रदेश तीनको राजधानी हेटौडाबाट दायाँबायाँ नगर्न निर्देशन दिएका हुन्। 

 ‘राष्ट्रिय राजनीतिको समेत विश्लेषण गरेर हेटौडा राजधानी राख्ने निर्णय गरेको हो। तपाइँहरुले पनि त्यसै अनुसार भूमिका निर्वाह गर्नु। त्यसबाट दायाँबायाँ नहोस्’, एक नेताले भने, ‘हेटौडामा संरचना बनिसकेका छन्। अन्य ठाउँमा फेरि संरचनाहरु बनाउनुपर्ने हुन्छ । त्यो झन्झट किन व्यहोर्नु? त्यसैले यो निर्णय परिवर्तन हुँदैन।’

प्रदेश ३ को संसद बैठक पुस २१ गतेलाई बोलाइएको छ। त्यसअघि  पुस १८ र १९ गते नेकपा प्रदेश ३ संसदीय दलको बैठक बस्दैछ।  बैठकमा राजधानीबारे सचिवालयले दिएको निर्देशनका बारेमा छलफल हुनेछ । 
 


 

प्रकाशित मिति: : 2020-01-03 04:05:16

प्रतिकृया दिनुहोस्