सामाजिक सञ्जालमा सेलिब्रेटीको दुईखाले अनुहार

को सामाजिक, को आत्मकेन्द्रित ?

अनलाइनखबर

काठमाडाैं

कलाकार एवं निर्माता हुन्, रविन्द्रसिंह बानियाँ । उनी सामाजिक सञ्जाल खासगरी फेसबुकका सक्रिय प्रयोगकर्ता पनि हुन् । उनी धेरैजसो सामाजिक मुद्दाहरुमा मुखरित देखिन्छन् । गरिब-दुःखी, असहाय, पीडितहरुका पक्षमा खुलेर आफ्नो धारणा राखिरहेका हुन्छन् ।

सञ्चारमाध्याममा प्रकाशितरप्रसारण हुने आफ्नो समाचार र अन्तर्वार्ताभन्दा पनि सामाजिक सरोकारका विषयलाई उनी फेसबुकमा सेयर गरिरहेका हुन्छन् ।

अभिनेत्री दीया मास्केलाई पनि सामाजिक विषयवस्तुले चाँडै छुन्छ । समाजका घटनाहरुलाई उनी नजिकबाट नियालिरहेका हुन्छिन् । उनी फेसबुकबाटै समाजका प्रेरणादायी कथा र पात्रहरुलाई सम्मान गरिरहेका हुन्छिन्, निमुखाको पक्षमा वकालत गरिरहेकी हुन्छिन्, अराजकता र भ्रष्ट प्रवृत्तिमा आपत्ति जनाइरहेकी हुन्छिन् ।

अभिनेत्री केकी अधिकारीलाई जीवन र जगतका कुराहरुले स्पर्श गर्छ । उनी आध्यात्मिक एवं आत्मिक विषयबस्तुका सामाग्री, महिला सशक्तिकरणका कथालाई फेसबुकमा साझेदार गरिरहेकी हुन्छिन् ।

 

प्रकाशित मिति: : 2020-01-03 06:08:00

प्रतिकृया दिनुहोस्