‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
महेश नेपाली
साविककाे कर्णाली अञ्चलकाे एकमात्र आंगिक क्याम्पस जुम्लामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भाग लिनलाई आठ वटा संगठन दर्ता भएका छन्।
आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसमा आठ वटा विद्यार्थी संगठन र समूह दर्ता भएकाे निर्वाचन समितिका संयाेजक प्रकाशचन्द्र खत्रीले बताए।
उनकाअनुसार काँग्रेसनिकट नेविसंघ, नेकपा (एमाले)निकट अनेरास्ववियु, माओवादीनिकट अखिल क्रान्तिकारीले संगठन दर्ता गरेका हुन।
यसैगरी नेमकिपाकाे नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपाकाे राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपा सीकाे अखिल क्रान्तिकारी विप्लव, एकीकृत समाजवादीकाे अनेरास्ववियु र स्वतन्त्र विद्यार्थी समूहले संगठन दर्ता गरेका हुन।
'क्याम्पसमा विद्यार्थी संगठनहरु दर्ता भएसँगै निर्वाचनको चहलपहल बढेको छ,' उनले भने, 'विद्यार्थी संघ संगठनहरूले निर्वाचन सम्पर्क कार्यालय खाेलिसकेका छन्।'
स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा गराउने तयारी रहेकाे निर्वाचनमा समितिका सदस्य सचिव पदम बहादुर शाहीले बताए।
जुम्लामा यसअघि २०६५ सालमा स्ववियु निर्वाचन भएकाे थियाे। त्यसयता निर्वाचन हुन सकेकाे थिएन।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया