
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
महेश नेपाली
साविककाे कर्णाली अञ्चलकाे एकमात्र आंगिक क्याम्पस जुम्लामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भाग लिनलाई आठ वटा संगठन दर्ता भएका छन्।
आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसमा आठ वटा विद्यार्थी संगठन र समूह दर्ता भएकाे निर्वाचन समितिका संयाेजक प्रकाशचन्द्र खत्रीले बताए।
उनकाअनुसार काँग्रेसनिकट नेविसंघ, नेकपा (एमाले)निकट अनेरास्ववियु, माओवादीनिकट अखिल क्रान्तिकारीले संगठन दर्ता गरेका हुन।
यसैगरी नेमकिपाकाे नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपाकाे राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपा सीकाे अखिल क्रान्तिकारी विप्लव, एकीकृत समाजवादीकाे अनेरास्ववियु र स्वतन्त्र विद्यार्थी समूहले संगठन दर्ता गरेका हुन।
'क्याम्पसमा विद्यार्थी संगठनहरु दर्ता भएसँगै निर्वाचनको चहलपहल बढेको छ,' उनले भने, 'विद्यार्थी संघ संगठनहरूले निर्वाचन सम्पर्क कार्यालय खाेलिसकेका छन्।'
स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा गराउने तयारी रहेकाे निर्वाचनमा समितिका सदस्य सचिव पदम बहादुर शाहीले बताए।
जुम्लामा यसअघि २०६५ सालमा स्ववियु निर्वाचन भएकाे थियाे। त्यसयता निर्वाचन हुन सकेकाे थिएन।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया