नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगियाे

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चयन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ।  

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घण्टासम्म चलेको बैठकले उम्मेदवार छनोटमा विवाद देखिएपछि कुनै निर्णय लिन सकेन। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बिहान साढे ८ बजे बोलाइएको छ।  बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए।

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ। जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन्। सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ।
 

प्रकाशित मिति: : 2020-01-03 10:25:13

प्रतिकृया दिनुहोस्