मुस्ताङको हिमपातले जनजीवन कस्टकर

बिएल संवाददाता

ठिनी, मुस्ताङ

मुस्ताङमा पुन: हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। 

बर्षा र हिमपातसँगै बढेको चिसोले सर्वसाधारणको दैनिकी, हवाइ तथा सडक यातायात सेवा प्रभावित भएको भ्रमण वर्ष सदस्य गण्डकी प्रदेशका निरज थकालीले जानकारी दिए।

जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते ,मार्फा, ठिनी लगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक तुल बहादुर गुरुङले जानकारी दिए।

सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ। 

जोमसोममा आधा फिट सम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँहरुमा १ फिट सम्म बाक्लो हिउँ जमेको छ। मुस्ताङ जिल्लामा संचार समेत अबरुद्ध भएको प्रहरीले जनाएको छ।

चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन्।

स्थानीयहरू घरभित्रै आगो तापेर बसेका छन्। गाई, भेडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ। चरनका लागि छाडिएको छैन् । 

पर्यटकीय स्थलहरु पनि सुनसान छन् । भारी हिमपातका कारण हवाई उडानसमेत प्रभावित भएको जोमसोम नागरिक उड्यनका कार्यलयले जनाएको छ।

उपल्लो मुस्ताङका बासिन्दाहरु कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेशीका न्यानो स्थानमा झरेका थिए । 

बर्षा र हिमपातले कृषकहरुमा भने खुसीयाली छाएको छ। यो वर्ष मुस्ताङमा दोस्रो पटक हिउँ परेको हो। वर्षाभएपछि सिँचाई हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुन्छ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषकहरु बताउँछन्। स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता हुन्छ।

प्रकाशित मिति: : 2020-01-04 14:48:00

प्रतिकृया दिनुहोस्