रुझ्दै अन्नपूर्ण आधार शिविरतिर सोझिएका पाइलाहरू [फाेटाे फिचर]

पानी पर्ने मौसम त होइन। तर, दर्की रहेछ बर्खे झरी जसरी। तीन दिदिनदेखिको अविरल वर्षाका कारण किसानले लगाएको बाली उठाउन पाएका छैनन्। खेतमै मासिने डर छ। ठाउँ ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाई रहेको छ।

विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण पदमार्गमा भने झरिको कुनै वास्तै नगरी घुमन्तेहरु उक्लि रहेका छन्। रुझ्दै, भिज्दै अन्नपूर्ण आधार शिविरमा पैताला राख्न आतुर देखिन्छन्। होटलको अकुपेन्सी एकदमै हाई छ। दैनिक १ सय बढी पदयात्री एबिसी उक्लिरहेको बताउँछन्। छोम्रोङ पर्यटन समितिका सचिव दिलिप गुरुङले यो दर अझै बढ्ने अपेक्षा लिएको बताए।

कोभिड पछिको यो पदमार्गमा पहिलो भिडभाड हो। पोखरादेखी नयाँपुल, मत्क्यु-झिनु, घान्द्रुक, छोम्रोङ, सिनुवा, बम्बो, दोभान, हिमालय, देउराली, एमबिसी हुँदै एबिसी पुग्न ३ दिन लाग्छ।

प्रकाशित मिति: : 2021-10-20 09:18:00

प्रतिकृया दिनुहोस्