म्यान्मारले पर्यटकका लागि सन् २०२२ देखि फेरि खोल्ने तर भ्रमण गर्ने कसले ?

Photo: indochinatour

दक्षिणपूर्वी एशियाका धेरै देशहरूले धमाधम यात्रा प्रतिबन्धहरू सहज बनाउन थालेपछि म्यान्मारले पनि सन् २०२२ को सुरुमा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्वागत गर्ने तयारी गरिरहेको जनाएको छ। लकडाउनपछि यात्रुहरूका लागि यो सुसमाचार भए पनि म्यान्मारको अवस्था अझै जटिल छ।

विगत दुई वर्षमा आफ्नो सिमाना बन्द गर्ने अधिकांश राष्ट्रहरूले कोभिड-१९ को फैलावट रोक्न मात्रै गरे तर म्यान्मारले फेब्रुअरी २०२१ को विद्रोहको परिणामसँग सामना गरिरहेको छ जसमा सैन्य जुन्टाले देशको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई 'कू'  गरेर सैनिक शासन लागू गरेपछि अन्तर्राष्ट्रिय समुदायको नजरमा गिरेको छ।

पहिले सैन्य शासनअन्तर्गत दशकौँ बिताएको म्यान्मारको भ्रमणले यात्रुहरू सधैँ द्विधामा छन्- उनीहरूको यात्राले विगतमा दमनकारी शासनको समर्थन गर्छ कि स्वतन्त्र जीवन चाहिने स्थानीयहरूलाई सहयोग।

अब प्रश्न यो छ– कोविड-१९ महामारीले अझै पनि यस क्षेत्रमा व्याप्त छ। खुल्ला यात्रा संसारभरिको मुद्दा हो। साथै देशलाई गाँजेको यस्तो अशान्तिले पर्यटक कोही आउला र ?

पर्यटक चासोको प्रतीक्षा गर्दै अधिकारीहरूले वेवसाइटहरु बनाइसकेका छन्। 'सुरक्षित र सुविधाजनक यात्राको लागि योजनाहरू राम्ररी तयार भएमा हामी खोप लगाएका पर्यटकहरूका लागि पर्यटन पुन: खोल्ने योजनामा छौँ,' सेनाद्वारा सञ्चालित होटल र पर्यटन मन्त्रालयका जनसम्पर्क तथा सूचना विभागका उपनिर्देशक जेयर हटुनले सीएनएन ट्राभललाई पुष्टि गरे।

यसैबीच केही अन्तर्राष्ट्रिय यात्रुहरूलाई उनीहरूको आफ्नै सरकारहरूबाट टाढा रहन चेतावनी दिइएको छ–  कोविडको चिन्ता र सैनिक 'कू' पछि देशको अस्थिरता दुवैका कारण।

अमेरिकी स्टेट डिपार्टमेन्टले म्यान्मारको 'यात्रा नगर्नू' भनेर सतर्क गराएका छन्। उसले म्यान्मारलाई उच्च सङ्ख्यामा कोरोना भाइरस केसहरूको लागि र हाल चलिरहेको राजनीतिक अवस्थाको लागि सतर्क गरेका हुन्। अर्को एक सुझावमा भनेको छ, 'दण्डहीनताका साथ कार्य गर्ने शक्तिशाली सेनाद्वारा गरिएको क्रूर धरपकडका कारण बर्माले गम्भीर राजनीतिक, आर्थिक, मानवअधिकार र मानवीय संकटको सामना गरिरहेको छ।'

धार्मिक महत्व

म्यान्मारको आधिकारिक पर्यटन वेवसाइटमा पुन: खोल्ने योजनाहरूका विवरणहरू निकै कम मात्र राखिएका छन् तर रिपोर्टहरूले सरकारले सुरुमा दक्षिण–पूर्व एशियाका आगन्तुकहरूलाई लक्ष्यित गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय छुट्टी मनाउनेहरूबाहेक त्यहाँ अन्य यात्रीहरू छन् जो सम्भव भएसम्म म्यान्मारमा प्रवेश गर्न उत्सुक हुनेछन्।

म्यान्मार मूलका व्यक्तिहरू छन् जो परिवारसँग पुनर्मिलन चाहन्छन्, बौद्धगार्मीहरु देशका केही पवित्र मन्दिरहरूको दर्शन गर्न उत्सुक छन् र व्यवसायीहरूले कारखाना र अन्य परियोजना जाँच गर्न आवश्यक छ।

City of Gold. | source: mssrusso0 (pixabay)


'विशेष गरी बौद्ध संसारको त्यो भागमा जस्तै थाइल्याण्ड, लाओस र कम्बोडियाका केही भागहरूसँग सधैँ सम्बन्ध रहेको छ, जहाँ धार्मिक क्यालेन्डरमा महत्त्वपूर्ण धार्मिक राजधानीहरू छन्,' यात्राका एक जना योजनाकार टायलर डिलनले भने, 'उदाहरणका लागि, याङ्गुनको श्वेडागन प्यागोडा म्यान्मारको सबैभन्दा महत्त्वपूर्ण बौद्ध क्षेत्र हो। उज्यालो सुनको १००-फिट अग्लो संरचनामा बुद्धको कपालसहित धेरै पवित्र बौद्ध अवशेषहरू छन्। यो विश्वभरिका बौद्ध तीर्थयात्रीहरूको लागि लोकप्रिय स्थान हो।'

म्यान्मारको सैन्य जुन्टा सरकारका अधिकारीहरु विशेष गरी उसको सबैभन्दा महत्त्वपूर्ण सहयोगी र लगानीकर्ता चीनबाट धनाढ्य आगन्तुकहरूको पुनः आगमन हेर्न उत्सुक छन्।

अन्य देशहरूले नाकाबन्दी लगाएका समयमा पनि चीनले म्यान्मारसँग लामो समयदेखि सम्बन्ध राख्दैआएको छ। यो देश क्षेत्रीय व्यापार निर्माण र चीनको विश्वव्यापी प्रभाव विस्तार गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी चिनफिङको 'बेल्ट एण्ड रोड इनिसिटिभ' को रणनीतिक हिस्सा हो।

बन्द र ब्ल्याकआउट 

जब म्यान्मारको ढोका खुल्छ, त्यहाँ फर्कने यात्रुहरूले आफ्नो यसअघिको अन्तिम भ्रमणभन्दा धेरै ठूला परिवर्तनहरू देख्नेछन्।

स्रोतहरूका अनुसार, पूर्वाधार पहिलेभन्दा निकै कमजोर भएको छ। आर्थिक दबाबका कारण मालिकहरूले देश छोडेका कारण धेरै व्यवसायहरू बन्द भएका छन् र पर्यटन उद्योग अहिले सैन्य जनरलहरूद्वारा सञ्चालित छन्।

डिलनले भने, 'म्यान्मारमा उनका सम्पर्कहरूले उनलाई बीच-बीचमा ब्ल्याकआउटहरू र कहिलेकाहीF इन्टरनेट बन्द गर्ने कुरा बताउँछन् जसले देश बाहिरका मानिसहरूसँग सम्पर्कमा रहन मुस्किल बनाउन सक्छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय ब्रान्डहरू प्रभावित भएका छन्। देशको राजधानीका एक लक्जरी पाँचतारे सुविधा भएको केम्पिन्स्की होटल ने पाइ ता म्यान्मारको वेबसाइटअनुसार, मध्य अक्टुबरदेखि केही समयका लागि बन्द गरिएको जनाएको छ। किन बन्द गरिएको हो भनेर कारण खुलाइएको छैन।

कोविड– १९ को विश्वव्यापी महामारी र 'म्यान्मारको गम्भीर राजनीतिक अवस्था' दुवैलाई दोष दिँदै पाण्डाव, मेकोङ नदी भ्रमणमा विशेषज्ञता प्राप्त गरेको दक्षिणपूर्वी एशिया रिभर क्रूजिङ कम्पनीले २५ वर्षभन्दा बढी सञ्चालनपछि म्यान्मार र धेरै क्षेत्रमा सदाका लागि सञ्चालन बन्द गर्ने घोषणा गर्‍यो। 

जोखिमयुक्त कारक

कोलिन्सन इन्टरनेशनलका एशिया प्यासिफिक अध्यक्षको रूपमा कर्पोरेट ग्राहकहरूलाई सुरक्षित यात्रा र जोखिम व्यवस्थापन गर्न सल्लाह दिने टोड ह्यान्डककले भने, 'म्यान्मार भ्रमण गर्ने निर्णय गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूले आकस्मिक परिस्थितिहरूको जोखिमका लागि तयार छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ। दुर्भाग्यवश, म्यान्मार अब उच्च जोखिम क्षेत्र मानिन्छ।' 

म्यान्मारमा कर्मचारी पठाउने सोच्ने कुनै पनि कम्पनीसँग 'सुदृढ यात्रा जोखिम व्यवस्थापन कार्यक्रम' हुनुपर्ने उनले बताए। उनले भने, 'कर्मचारीहरूलाई उनीहरूले समस्याले टाउकोमा पुग्दा कसरी प्रतिक्रिया गर्ने भन्नेबारे पूर्ण रूपमा संक्षिप्त जानकारी हुनुपर्छ।' 

समस्याले घेरिएका कुनै पनि देशका मानिसहरूलाई नराम्रो समाचार रिपोर्ट गर्दा तिनीहरू सुरक्षित छन् भनेर स्पष्ट पार्न आश्वासन सहित घर पठाउनु महत्त्वपूर्ण रहेकोमा उनले जोड दिए।

Photograph: Toby Melville/Reuters


'मेरो वरिपरि के भइरहन्छ त्यसका तस्बिरहरू मेरो परिवारलाई निरन्तर पठाउँछु,' उनले भने 'यदि तपाईंका चिन्तित प्रियजनहरू छन् भने त्यसपछि उनीहरू सचेत छन् भनेर निश्चित गर्न यात्रीको रूपमा त्यो अतिरिक्त कदम चाल्नुहोस्।'

'ब्याकडोर कूटनीति'

विगतमा जब म्यान्मार सैन्य जुन्टाको नियन्त्रणमा थियो, त्यहाँको सेनालाई फाइदा हुने कुनै पनि कुरा बहिष्कार गर्न देशभित्र र बाहिरबाट आह्वान गरिएको थियो। त्यहाँका धेरै पर्यटन सुविधाहरू र गन्तव्यहरूको नियन्त्रण जनरलहरूले गर्ने गर्छन्।

म्यान्मारका पर्यटन उद्योगका पूर्वसल्लाहकार एन्ड्रिया भ्यालेन्टिनले यो मुद्दा जटिल भएको बताइन्। उनले भनिन्, 'अहिले म्यान्मारमा पर्यटनको बारेमा छलफल गर्नु अलि बेकार छ,  होटल र पर्यटन मन्त्रालयले अनेक बहानामा कानमा तेल हालेर वसेका छन। यो अब साधारण कालो र सेतो छैन। यो अझै उत्तर कोरिया होइन।'

भ्यालेन्टिनले भने, 'यो अझ पनि सम्भव छ। यो तरिकामा यात्रा गर्न सैन्य शासन कोषले मद्दत गर्दैन यद्यपि यो गाह्रो छ। धेरै व्यवसायहरु ग्रामीण क्षेत्रहरुमा छन्।'

म्यान्मारमा जिम्मेवारीपूर्वक यात्रा गर्न अझै सम्भव छ। त्यहाँ धेरै ठाउँहरू छन् जुन अहिले पनि एकदम सुरक्षित र नैतिक छन्। शैन्य 'कू' अघि सेनाको स्वामित्वमा नभएको आवासमा बस्न निश्चित रूपमा सम्भव थियो। उनले थपिन्, 'त्यहाँ केही अचम्मका पहलहरू भएका छन्- जसलाई हामीले विगत धेरै वर्षहरूमा मेहनतका साथ निर्माण मद्दत गरेका छौं, र ती हाम्रो समर्थनको योग्य छन्।हामी पर्यटन बहिष्कारमा विश्वास गर्दैनौँ।' 

यद्यपि यात्रा योजनाकार डिलनले निकट भविष्यको लागि कुनै पनि म्यान्मार यात्राको नेतृत्व गर्दैनन्, उनले देशलाई पूर्ण रूपमा बन्द गर्न भने अस्वीकार गरे। 'पर्यटन ब्याकडोर कूटनीति हो,' उनले भने, 'त्यहाँको भूमिमा मानिसहरूको लागि अझै धेरै आशा छ कि अवस्थाहरु परिवर्तन हुन सक्छ।'

अनुवाद: सुरेन्द्र राना

प्रकाशित मिति: : 2021-11-11 20:00:00

प्रतिकृया दिनुहोस्