मार्नुसको टेस्टमा पहिलो दोहोरो सतक, औसतमा स्मिथलाई उछिने

मार्नुस लाबुसेनले टेस्टमा पहिलो दोहोरो सतक बनाएका छन। न्युजिल्यान्ड विरूद्ध सिडनी क्रिकेट मैदानमा भएको खेलमा दुई सय रन पुरा गरेपछि उनले पहिले हेल्मेट फुकाले र कप्तान टिम पेनसँग अंकमाल गरे।
 
उनको खेल हेर्न बुवा पनि रंगशालामा उपस्थित थिए। मार्नुस गतवर्ष टेस्टको सर्वाधिक रनकर्ता हुन। उनले २०१९ मा एक हजार एक सय चार रन बनाएका थिए। 

यो इनिङसँगै उनले पूर्व कप्तान स्टिभ स्मिथको टेस्ट औसतलाई उछिनेका छन। टेस्टमा स्मिथको औसत ६२ दशमलव ८४ रहेको छ। मार्नुसको ६३ दशमलव ६३ पुगेको छ। 

उनले सिडनी टेस्टमा ३ सय ४६ बलमा उन्नाइस चौका र एक छक्काको सहयोगले दोहोरो सतक बनाए। मार्नुस २ सय १५ रन बनाउँदै टोड एस्टलको बलमा आउट भए। 

मार्नुस हाल विश्वको चौथो नम्बरका टेस्ट ब्याटस म्यान हुन। उनले पछिल्लो पाँच टेस्टमा ८ सय रन पुरा गरिसकेका छन। यसमा उनको औसत १ सय ३३ रहेको छ। 

उनले यही श्रृंखला अन्तर्गत अघिल्लो टेस्टमा १ सय ८५ रन बनाएका थिए। मार्नुसको चालु श्रृंखलामा ४ सय ९० रन हो। उनले १४ टेस्टमा १४ सय रन पुरा गरिसकेका छन। 

प्रकाशित मिति: : 2020-01-05 06:18:14

प्रतिकृया दिनुहोस्