उनी विदेशमा आयोजना हुने फ्रेन्चाइजीमा आधारित लिगका लागि भने उपलब्ध हुनेछन्।
भारतका पूर्व स्विङ बलर इरफान पठानले ३५ वर्षको उमेरमा क्रिकेटको सबै प्रारुपबाट सन्यास लिएका छन्। उनले शनिबार क्रिकेटबाट सन्यास लिएको घोषणा गरे।
उनी विदेशमा आयोजना हुने फ्रेन्चाइजीमा आधारित लिगका लागि भने उपलब्ध हुनेछन्।
इरफान २०१२ को अक्टुबरमा अन्तिम पल्ट भारतीय टिममा देखा परेका थिए। उनको अन्तिम खेल कोलम्बोमा दक्षिण अफ्रिकाविरूद्ध टि–२० विश्व कप थियो। घरेलु क्रिकेटमा उनले २०१९ को फेब्रुअरीमा सैयद मुस्ताक अली ट्रफीमा जम्मू–काश्मिर टिमबाट प्रतिनिधित्व गरेका थिए।
पठानले यही महिना आइपिएलको लिलामी हुँदा कुनै पुलमा राखेका थिएनन्। बायाँ हातका तीब्र बलर इरफानले २००३ एडिलेट ओभलमा अस्ट्रेलियाविरूद्ध टेस्टमा डेब्यु गरेका थिए। उनीसँग गति थिएन तर स्विङमा उनी उस्ताद थिए। उनको तुलना कपिल देवसँग पनि गरिन्थ्यो।
इरफानले २९ टेस्टमा ११ सय ५ रन र सय विकेट लिएका छन्। एनले १ सय २० एकदिवसीयमा १५ सय ४४ रन र १ सय ७३ विकेट लिएका थिए। उनले २४ टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ७२ रन र २८ विकेट लिएका छन्।