वर्षाको कारण भारत र श्रीलंकाबीचको पहिलो टी–ट्वान्टी खेल रद्द

गुवाहाटीमा दर्शक उत्तेजित

घरेलु टिम भारत र श्रीलंकाबीचको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल नतिजा विहीन भएको छ । पहिलो टी–ट्वान्टी वर्षाको कारण नतिजा विहीन भएको हो । 

गुवाहाटीमा तय भएको खेलमा भारतले टस जितेपनि भारी वर्षाको कारण खेल रद्द भएको हो।

भारतले पहिले बलिङ रोजेको थियो । तर वर्षा भएपछि श्रीलंका ब्याटिङका लागि मैदानमा उत्रनै सकेन ।  

तीन खेलको सिरिजको पहिलो खेल रद्द भएपछि दर्शक निकै उत्तेजित भएका छन्। पिच सुकाउन हेयर ड्रायर र आइरन गरेर सुकाउन खोजे पनि सम्भव नभएपछि स्थगित गर्नु परेको हो । 

भारतका लागि जसप्रित बुमराह ४ महिनापछि खेल्दैछन् भने शिखर धवन दुई महिनापछि टिममा फर्केका छन्। 

यो सिरिजमा रोहित शर्मा छैनन्। 

तीन खेलको सिरिज अन्तर्गत दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ। यस्तै अन्तिम खेल शुक्रबार पुनेमा हुनेछ ।

प्रकाशित मिति: : 2020-01-06 12:12:13

प्रतिकृया दिनुहोस्