मलेसियाले नेपालसँग तीनवटा एकदिवसीय क्रिकेट खेल्ने

मलेसियाले नेपालसँग तीनवटा एकदिवसीय क्रिकेट खेल्ने भएको छ।

सुनसरीको इनरुवामा भइरहेको दोस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्न मलेसियाको राष्ट्रिय टोली नेपाल आउने भएको हो। त्यस क्रममा पोखरामा नेपाली टिमसँग तीनवटा एक दिवसीय क्रिकेट खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

यसका लागि मलेसियाको टोली पुस २४ गते  नेपाल आउँदैछ। नेपाली टोलीसँग खेल कहिले हुने भन्ने तय भइनसकेको संघले जनाएको छ।

विश्वकप लिग २ अन्तर्गत नेपालले फेब्रुअरी ५ देखि १२ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसै अवसरमा नेपाल र मलेसियाबीच पोखरामा खेल हुन लागेको हो।

प्रकाशित मिति: : 2020-01-07 02:36:42

प्रतिकृया दिनुहोस्