नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० पैसा रहेको छ।
यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२९ रुपैयाँ २८ पैसा रहेको छ। यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ।
यसैगरी,युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ।
यता मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ।