ऋतिक रोशन आजबाट ४६ बर्षमा प्रवेश

बिएल संवाददाता

काठमाडाै‌ं

नायक ऋतिक रोशन आजबाट ४६ बर्षमा प्रवेश गरेका छन्। ऋतिक बलिउडमा प्रवेश गरेको पनि २० बर्ष भएको छ। 

आफ्नो ४६ औं जन्मदिनमा मिडियासँग कुरा गर्दै ऋतिकले भनेका छन्–‘म हरेक चलचित्रमा केही नयाँ कुरा सिकिरहेको हुन्छु।’

उनी अभिनित २ चलचित्र गतबर्ष रिलिज भए र बक्स अफिसमा सुपरहिट भए। ऋतिक अभिनित ‘कृष’को २ सिरिजले पनि उनलाई नयाँ उचाइमा पुर्याएकाे थिए।

‘जिन्दगी ना मिलेगा दोबरा, काबिल, सुपर ३०, कोई मिल गया’ लगायतका चलचित्रमा उनले गरेको अभिनयको पनि खुबै चर्चा भएकाे थियाे।

प्रकाशित मिति: : 2020-01-11 01:40:25

प्रतिकृया दिनुहोस्