जब कलियुगका रामबाबु ‘हराम’ बनेर निस्किए !

पुर्ख्यौली जायजेथा सकियो, मलेसियामा बगाएको पसीना सुक्यो

अनलाइनखबर

काठमाडाै‌ं

सर्लाहीका करपुरी ठाकुर अहिले कन्पारामा हात राखेर झोक्राउँदैछन् । जे भोग्दैछन्, यो उनलाई सपनाजस्तो लागिरहेको छ ।

‘के मैले साहुलाई कुनै दिन लाखौं लाख रुपैयाँ बुझाएको हुँ ? के महोत्तरीको १८ कठ्ठा जग्गा बिक्री गरेको २० लाख रुपैयाँ यही हातले समाएका हुन् ? के मैले वागमती नगरपालिका-७, सर्लाहीमा डेढ बिघा जमीन किनेकै हुँ त ?’ अनि मलेसियामा तीन भाइले वर्षौंसम्म कमाएको हिसाब खोई ?

पुरापूर सपनामा छन् ४० वर्षीय करपुरी ठाकुर ।

होइन, कुरपुरी आफैंले गरेका हुन् यी सब कर्महरु । तर, यी सब बिजुली चम्किएजस्तो भयो उनको जीवनमा । खुशी झिलिक्क बल्यो र जीवनलाई नै अन्धकार बनाएर छिनभरमै निभ्यो ।

यदि सर्लाही बरतहवामा साहु रामबाबु यादव हुन्थेनन् भने सायद अहिले उनको अनुहार यसरी चाउरिएको कागतीजस्तो हुने थिएन । रसिलो अनारजस्तो हुन्थ्यो कि ! यति त पक्का हो, दुनियाँका अगाडि दुःख चुहाउँदै हिँड्नुपर्ने थिएन । बोर्डिङ स्कुलमा शुल्क बुझाउन नसक्दा छोराले परीक्षा दिनबाट बञ्चित हुनुपर्ने थिएन ।

प्रकाशित मिति: : 2020-01-11 05:41:04

प्रतिकृया दिनुहोस्