म्याक्सवेलकाे उत्कृष्ट पारीमा मेलवर्नकाे जित,लामिछानेले लिए २ विकेट

बिएल संवाददाता

काठमाडाै‌ं

बिगबास लिगमा मेलवर्न स्टार्सले रेनेगेडसलाई ७ विकेटले पराजित गरेको छ। 

शुक्रबार भएको खेलमा  रेनेगेडसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६८ रन बनाएको थियो। १६९ रनको लक्ष्य पाएको मेलवर्नले ३ विकेट गुमाउँदै पुरा गर्यो।  

 मेलवर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट पारी खेले। उनले ४५ बलमा १ चौका र ७ छक्कासहित ८३ रन बनाए। त्यस्तै निक लार्किनले अविजित ३३ रन बनाए भने हिल्टन कार्टराइटले ३५ रन बनाए ।   

यसअघि मेलवर्न डर्बीमा मेलवर्न रेनेगेडसले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।

रेनेगेडसका लागि शन मार्शले सर्वाधिक ६३ रन बनाए भने मार्कस हरिसले ४२ रन बनाए। त्यस्तै बेउ वेबस्टरले २५ रन बनाए भने डेनियल क्रिस्टियनले १२ र टम कूपरले १२ रन बनाए।

मेलवर्नका लागि नाथन कुल्टनर नीलले पनि २ विकेट लिए। यता सन्दीप लामिछानेले पनि २ विकेट लिए। सन्दीपले शन मार्श र बेउ वेबस्टरको विकेट लिए।

त्यस्तै मेलवर्न स्टार्सका लागि हरिस राउफले एक विकेट लिए। 

जारी लिगमा मेलवर्न स्टार्स ८ खेलमा १४ अंकसहित शिर्ष स्थानमा छ भने रेनेगेडसले भने अहिलेसम्म खेलेका सबै खेलमा हार बेहोरेको छ।
 

प्रकाशित मिति: : 2020-01-11 06:07:40

प्रतिकृया दिनुहोस्