सबै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरिएकाे थियो।
नेपाल घोढचढी संघको आयोजनामा हुने छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ।
शुक्रबार काठमाडौंको टुँडिखेलस्थीत सैनिकमञ्चमा आयोजित प्रतियोगितामा टेन्ट पेगिङ, शो जम्प र हाइजम्पमा प्रतिस्पर्धा भएको थियो। २० पुरुष र ६ महिला गरि २६ राइडर सहभागी एकदिने प्रतियोगिताका बिजयी खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार प्रदान गरे।
हाई जम्पतर्फ खिलध्वज खड्का (गणेश), रामबहादुर दाहाल (सम्मोहन) र सविन कुमार पाखेरेल (आकांक्षा) क्रमश: पहिलो, दोस्रो र तेस्रो भए। शो जम्पतर्फ योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए।
प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावल क्रमश पहिलो, दोस्रो र तेस्रो भए। प्रदर्शन खेल अन्तर्गत महिला राइडरलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो। पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ छन्।
सबै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरिएकाे थियो।