यी हुन् भ्याट छल्ने ठूला व्यापारिक समूह

नेपाल लाइभ

काठमाडौ

काठमाडौ-  नक्कली भ्याट बिल प्रकरणमा ठूला व्यापारिक घराना पनि मुछिएका छन्। राजस्व न्यायाधीकरणबाट सर्वोच्च पुगेका मुख्य व्यापारिक घराना यी हुन्ः 

शंकर समूह 

शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट बिल फेला परेको थियो। आन्तरिक राजस्व विभाग स्रोतका अनुसार जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको हो। पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो। छानबिनपछि ८० करोडको नक्कली बिलबाट झन्डै ६० करोड रुपैयाँ कर विभागले निर्धारण गरेको थियो। ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले ब्याजसमेत हिसाब गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्ने दाबी गरिएको थियो। 

प्रकाशित मिति: : 2020-01-13 23:59:28

प्रतिकृया दिनुहोस्