किन लुकाइन्छ ठूला घरानामा भएका अनुगमनका फाइल?

‘५ दर्जन बढी कम्पनीका फाइल पेन्डिङ’

हेमन्त जोशी

काठमाडौं

काठमाडौं– साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग (अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग)ले २०७४ भदौदेखि माघ महिनासम्म विभिन्न ठूला व्यवसायिक घरानामा अनुगमन गर्‍याे।

अटोमोबाइल्स, शिक्षा, स्वास्थ्य, खाद्यान्न, सिमेन्ट, डण्डी, र पेन्टिङ क्षेत्रका ५ दर्जन बढी ‘कर्पोरेट हाउस’मा भएको अनुगमनका फाइलकाे कारबाही प्रक्रिया अहिले पनि अन्तिम निष्कर्षमा पुगिसकेकाे छैन। यो अवधिमा विभागले बजार अनुगमन निकै तीव्र र व्यापक बनाएपछि ठूला व्यापारिक घरानाहरुसमेत एकपछि अर्को गर्दै ठगी र कालोबजारी मुद्दामा मुछिन पुगे। सामान्य किराना पसलदेखि अस्पताल, विद्यालय, अटोमोबाइल्स कम्पनीहरुले उपभोक्ता ठगी गरिरहेको प्रमाण विभागले खोज्दै गयो। प्रमाण खाेजिन थालेपछि व्यापारीहरुले बजार अनुगमन रोक्न सरकारलाई दबाब दिन थाले।

प्रकाशित मिति: : 2020-01-14 20:34:25

प्रतिकृया दिनुहोस्