कानुन समुदायका लागि

सांकेतिक तस्बिर

समाजलाई व्यवस्थित रूपले सञ्चालन गर्न कानुनको आवश्यकता पर्दछ । कानुनले समाजका मूल्य र मान्यता निर्धारण गरिदिन्छ । यस्तो मान्यतालाई सबैले पालन गर्नुपर्दछ । यो विश्वव्यापी मान्यता पनि हो । कानुनको मुख्य उद्देश्य आमनागरिकको हित हो । कानुनको मापदण्डविपरीत चल्ने व्यक्तिलाई सही ट्रयाकमा ल्याउन कानुनले दण्डसजाय तोकेको हुन्छ । दण्डसजायको आसय पनि व्यक्ति बिगार्नका लागि होइन सुधार्नकै लागि गरिएको हो ।

समुदायका बीचमा लागू गरिने भएकाले स्थानीय जनताको रीतिरिवाज, परम्परा, धर्मसंस्कृति र रहनसहन एवं सामाजिक वातावरण अनुकूल नै कानुनको निर्माण गरिन्छ । यसैले, अधिकांश कानुनको विश्वव्यापी मान्यता हुँदैन । कुनै देशको गैरकानुनी कार्य अर्को देशमा कानुनसम्मत मानिन्छ भने दण्डसजाय पनि सर्वत्र समान हुन सक्दैन । राज्य सञ्चालनको निम्ति समयानुकूल ऐन कानुन अपरिहार्य हुन्छ । अव्यवस्थित समाजलाई कानुनले व्यवस्थित रूपमा सञ्चालन गराउने भएकाले काुनको महŒव सर्वव्यापक हुन्छ ।

प्रकाशित मिति: : 2020-01-15 19:17:39

प्रतिकृया दिनुहोस्