नेपाली व्यवसायी जमकटेल भन्छन्- चीनमा नेपालका लागि ‘ठूलो मौका’ आएको छ

दुई दशक अघिसम्म चीनबाट सामान ल्याउन सजिलो थिएन। सामान कहाँ किन्ने भेउ पाउन गाह्रो थियो। खाना खाने र बस्ने ठाउँ पाउनसमेत हम्मे हुन्थ्यो। सायद, नौलो ठाउँ भएर पनि होला। एक्लो व्यापारी, त्यसमाथि भाषा नआउनेलाई निकै गाह्रो हुन्थ्यो। २० वर्षअघि चीन छिर्दा व्यवसायी राजन जमकटेललाई यस्तै भएको थियो। चीन सामान लिन जाने व्यापारी फाट्टफुट्ट मात्र थिए। सामान किनेर नेपाल ल्याउन धेरै अलमल हुन्थ्यो, र दुःख पनि।

धेरै नेपाली व्यापारीको यस्तो दुःख देखेर उनले सोचे यही बसेर व्यापार सुरु गर्ने र सहजकर्ताको भूमिका खेल्ने। २० वर्षअघिको त्यही निर्णयका कारण आज जमकटेल चीनमा बसेर व्यापार गर्ने स्थापित व्यवसायी बनेका छन्। सन् २००१ मा ग्वान्जाउमा स्थापना गरेको ‘भेसेन्जा ट्रेडिङ’ले सयौं नेपाली व्यापारीसँग सहकार्य गरिरहेको छ।

प्रकाशित मिति: : 2020-01-16 18:17:41

प्रतिकृया दिनुहोस्