'सांसदहरू ठेकेदार हुँदा विकास प्रभावित भएको छ'

तस्बिर : नेपाल लाइभ

उसै त हाम्रो विकासोन्मुख मुलुक, त्यसमाथि समयमा काम नसकिनु नै विकास ढिला हुनुको मुख्य कारण हो। हामीले तय गरेका असाध्यै थोरै आयोजनामात्र समयमा सम्पन्न भएका छन्। विकास आयोजना महंगो हुनुका धेरै कारण देखिन्छन्। त्यसमध्ये हो आयोजना समयमा नसकिनु। समयमा काम नसकिनेबित्तिकै त्यसको लागत स्वतः बढ्छ। 

अर्को कारण आयोजनाहरू हतारमा तय गर्ने र ठेक्कामा गइहाल्ने चलन बस्यो। जसका कारण साइटमा काम गर्न जाँदा डिजाइन पर्याप्त अध्ययनविना गरिएको देखियो। आयोजनाको वस्तुस्थिति नमिलेको देखिएपछि डिजाइन परिवर्तन गर्नुपर्ने हुन्छ। यसले पनि आयोजनाको लागत तथा समय दुवै बढाउने भयो। डिजाइन नै परिवर्तन गर्नु परेपछि त्यसको सबै कुरा फेरिन्छ अर्थात् नयाँ ढंगले गर्नुपर्ने हुन्छ। 

प्रकाशित मिति: : 2020-01-16 18:39:36

प्रतिकृया दिनुहोस्