छोरा विदेशमा अलपत्र, बुबालाई विभाग धाउँदै ठिक्क

काठमाडौं- पातलो ज्याकेट र गलबन्दीलाई माघको जाडोले निकै चुनौती दिइरहेको थियो। उनीहरु लुगलुग काँप्दै वैदेशिक रोजगार विभागको दोस्रो तल्लामा उभिइरहेका भेटिए। 

सेतै फूलेको कपाल। निन्याउरो अनुहारसहित कपिलवस्तुका ६० वर्षीय रहिस नट र ५८ वर्षिय जहुर हसन दुवै लुगलुग काँप्दै विभागमा बसिरहेका थिए। 

खुसी खोज्न साउदी पुगेका छोरा अलपत्र परेपछि उद्धारका लागि पहल गरिदिन भन्दै उनीहरु वैदेशिक रोजगार विभाग धाउन थालेको दुई महिना बित्यो। 

दुई महिनाको अवधिमा कपिलवस्तुबाट ३ पटक काठमाडौं धाइसके।

प्रकाशित मिति: : 2020-01-17 14:59:17

प्रतिकृया दिनुहोस्