उपभोक्ता ठगीको आरोपमा मुछिएका ६ अटोमोबाइल्स कम्पनीको अनुसन्धान कहाँ पुग्यो?

दुई वर्ष अघिका फाइल खोल्दै विभाग

हेमन्त जोशी

काठमाडौं
फाइल तस्बिर

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठगी तथा नाफाखोरीको आरोपमा मुछिएका ६ वटा अटोमोबाइल्स कम्पनीका फाइलमाथि कारबाही प्रक्रिया टुंगो लगाउने भएको छ।

 

२०७४ साल भदौदेखि माघसम्म गरिएको अनुगमनका फाइल कारबाही प्रक्रियाको अन्तिम निष्कर्षमा पुग्न सके/नसकेको बारे खोजबिन थालिएको विभागले जनाएको छ। विभागले बजार अनुगमनका क्रममा विभिन्न अटोमोबाइल्स कम्पनीले चारपांग्रे सवारी साधनको बिक्रीमा उपभोक्ताबाट कानुनविपरीत मूल्य असुली गरेको भेटाएको थियो।

प्रकाशित मिति: : 2020-01-19 03:36:52

प्रतिकृया दिनुहोस्