‘मान्छेको लस्करमाथि हिमपहिरो खस्यो, खोलामा पुगेर बाँचें’

जोडले हावा चल्यो । हावा यति बलशाली थियो कि जगदीशको जिउ नै हल्लायो । एकैछिनमै ठूलो आवाज कानमा ठोक्कियो । केकसो हो भन्ने चाल नपाउँदै टेकेको जमिन बग्यो । सासै फेर्न गाह्रो भयो ।

जगदीशले बल्ल अनुमान लगाए, हिउँ पहिरोमा परिएछ । तर चलमलाउन सक्ने अवस्था थिएन । टेकेको जमिनसँगै बगेका थिए जगदीश । केही समय बगेपछि एकैछिन रोकियो । माथिबाट फेरि हिउँको पहाड खसेछ । त्यसले धकेलेर फेरि बग्न थाले । केही तल पुगेर फेरि बग्न रोकिन्छ, फेरि बग्छ । यसरी पटकपटक रोकिँदै बग्दै गरेर पहिरोसँगै जगदीश झ्याम्म खोलामा पुगे ।

‘पहिरो रोकिएर चलमलाउन नपाउँदै फेरि बग्न सुरु गर्यो । फेरि रोकिन्छ, फेरि बग्छ यसरी नै बगिरहें । पहिरोसँगै खोलामा पुगें,’ शुक्रबार अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परेर ज्यान बचाएका जगदीश खत्रीले कहालीलाग्दो घटना सुनाए ।

प्रकाशित मिति: : 2020-01-19 20:27:39

प्रतिकृया दिनुहोस्