अन्नपूर्ण हिउँपहिरो : निष्क्रिय सरकारी संयन्त्र

तस्बिर : अन्नपूर्ण पोष्ट

अन्नपूर्ण आधार शिविरमा हराइरहेका पर्यटकको खोजी गर्न सरकारी टोली खासै सक्रिय देखिएको छैन। छोम्रोङ पर्यटन व्यवस्थापन समितिको अगुवाइमा त्यस क्षेत्रमा भएका पर्यटक र होटलका कामदारलाई हेलिकोप्टरमार्फत् छोम्रोङ र पोखरामा झारिएको छ। हराइरहेका पर्यटकको हकमा भने ग्राउण्ड लेवलबाट अझै खोजी हुन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले टान र अन्य संघ सस्थासँग समन्वय गरेर उद्धारको काममा लागिरहेको बताए। ‘टान र ट्रेकिङ सम्बन्धि अरु संघ संस्थासँग समन्वय गरेर सयभन्दा बढी मान्छेलाई सुरक्षित ठाउँमा सारिएको छ। ईन्स्पेक्टरको नेतृत्वमा एउटा टोलील गएर रेकी पनि गरेर फर्कियो,’ उनले भने, ‘हामी सम्वयमा काम गरिरहेका छौं।’ उनले हराइरहेकाहरूको खोजी भइरहेको बताए।

प्रकाशित मिति: : 2020-01-20 02:45:35

प्रतिकृया दिनुहोस्